हुण्डीको रकमसहित एक जना पक्राउ

डिसी नेपाल
७ पुष २०७७ २१:२२
140
Shares

काठमाडौं। प्रहरीले काठमाडौको न्यूरोडबाट एक जना हुण्डी कारोबार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ। नगद १३ लाखसहित धादिङ खनियाबास गाउँपालिका ३ बस्ने वर्ष २५ का विर्ज तामाङलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त जनसेवाले उनलाई स्रोत नखुलेको रमकसहित पक्राउ गरेको थियो। उनले सो रकम कहाँबाट ल्याएको र कसलाई दिन लागिएको भन्नेबारे केही नबताएपछि पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। उनले सो रकम भारतीय नागरिकहरुसँगको मिलेमतोमा हुण्डीमार्फत ल्याएको आशंका प्रहरीले गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.