कर्णाली प्रदेश खेलकूद परिषद्का उपाध्यक्षसहित सदस्य नियुक्त

डिसी नेपाल
७ पुष २०७७ २२:४६
24
Shares

कर्णाली । कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘कर्णाली प्रदेश खेलकूद परिषद्’ उपाध्यक्षसहित सदस्य नियुक्त गरेको छ । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा बैठकले परिषद्का पदाधिकारी तथा सदस्य नियुक्त गरेको हो ।

बैठकले परिषद्को उपाध्यक्षमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका प्रमोद हमाल नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता केसीले जनाए । उनका अनुसार सदस्यमा चन्दननाथ नगरपालिका जुम्लाका सरोज शाही, साविक सर्केगाड गाविस ५ हुम्लाका टक्कबहादुर शाही, नारायण नगरपालिका–८ दैलेखका हेमा खड्का (अपाङ्ग), भेरी नगरपालिका–९ जाजरकोटका मोहनराज घर्ती, सिद्धकुमाख–२ सल्यानका भुमाकुमारी बुढाथोकीलाई नियुक्त गर्ने निर्णय भएको छ ।

कर्णाली प्रदेश खेलकूद विकास ऐन, २०७६ अनुसार परिषद्मा नियुक्त पदाधिकारी तथा सदस्यको अवधि चार वर्ष हुनेछ । परिषद्को सदस्य–सचिवमा भने सान्नीत्रिवेणी गाउँपालिका–६ कालीकोट निवासी विश्वमित्र सन्ज्याललाई नियुक्त गर्ने निर्णय बैठकबाट भएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.