इन्स्टाग्राम मोडल यति धेरै दुब्लाइन् कि २४ वर्षको उमेरमै मृत्यु

डिसी नेपाल
८ पुष २०७७ ११:२८
160
Shares

काठमाडौं। जर्मनीकी २४ वर्षकी इन्स्टाग्राम इन्फ्लुएन्सर महिलाको एनोरेक्सिया नामक मानसिक रोगका कारण मृत्यु भएको छ । जोसी मारिया नामकी यी महिला आफ्ना साथीहरुसँग ग्रेन केनेरियामा विदा मनाउन गएकी थिइन् जहाँ हृदयाघातका कारण उनको मृत्यु भयो । जोसीले मर्नुभन्दा पहिले आफूले यो रोगका कारण ज्यान गुमाउन नचाहेको बताएकी थिइन् । जोसीका अनुसार एनोरेक्सियाबाट ग्रस्त १० जनामध्ये १ जनाको मृत्यु हुन्छ र उनी त्यो १ जना बन्न नचाहेको बताएकी थिइन् । तर, उनलाई बचाउन सकिएन ।

डेलीमेलका अनुसार जोसी इन्स्टाग्राममा निकै लोकप्रिय थिइन् । इन्स्टाग्राममा उनका करिब डेढ लाख फलोअर थिए । उनले आफ्नो निकै पातलो शरीरका साथ इन्स्टाग्राममा फोटो शेयर गर्थिन् । जोसीले घुम्न जाने बेला फ्लाइटभन्दा अगाडि केवल २ कफी पिएकी थिइन् । उनले २ दिनदेखि केही खाएकी थिइनन् । जोसी पीडित भएको एनोरेक्सिया एक गम्भीर मानसिक समस्या हो । यो समस्या भएका व्यक्तिहरुले कानपिनमा अत्यन्तै नियन्त्रण गर्छन् किनकि उनीहरुलाई आफू मोटो हुने डरले सताइरहन्छ । यो समस्याबाट पीडित कैयौं मानिसहरु यस्ता हुन्छन् जो मोटो हुने डरले धेरै एक्सरसाइज गर्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.