बेलायतका सुपरमार्केटमा दैनिक उपभोग्य सामान चाहेजति किन्न नपाइने
काठमाडौं। बेलायतमा नयाँ स्ट्रेनको कोरोनाभाइरस देखिएपछि धेरै देशहरुले बेलायतसँगको सीधा हवाइ उडान बन्द गरेका छन् । छिमेकी देशहरुले बेलायतसँगको सीमासमेत सील गरेपछि त्यहाँ दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । यससँगै बेलायतका सबैभन्दा ठूलामध्येको एक बहुराष्ट्रिय सुपरमार्केट चेन टेस्कोले उपभोक्तालाई दैनिक उपभोग्य सामान चाहेजति किन्न नदिने भएको द गार्डियनले जनाएको छ ।
टेस्कोमा अब ट्वाइलेट रोल, अण्डा, चामल, साबुन र ह्याण्डवाश चाहेजति किन्न पाइने छैन । अब टेस्को सुपरमार्केटमा एक व्यक्तिले ट्वाइलेट रोल १ रोल मात्र किन्न पाउनेछन् । अण्डा, चामल, साबुन र ह्याण्डवाश एक जनाले तीन इकाइ मात्र किन्न पाइनेछ । उपभोक्ताले आवश्यक भन्दा धेरै सामान किनेर सामानको अभाव हुन थालेपछि यस्तो नियम लागू गरिएको बताइएको छ । टेस्कोमा यसअघि नै पिठो, सुख्खा पास्ता र ब्याक्टेरिया नाशकमा यसअघि नै सीमा तोकिसकिएको छ ।







डिसी नेपाल








Facebook Comment