अर्नब गोस्वामीको कार्यक्रमलाई ३२ लाख जरिवाना

डिसी नेपाल
९ पुष २०७७ ११:४२
104
Shares

काठमाडौं। भारतीय पत्रकार अर्नब गोस्वामीको कार्यक्रममाथि ३२ लाख रुपैयाँ जरिवाना लगाइएको छ । बेलायतको प्रसारण नियमन गर्ने निकायले गोस्वामीको रिपब्लिक भारतको नामको शोमाथि २० हजार पाउण्ड जरिवाना लगाएको हो । रिपब्लिक टिभीबाट प्रसारण हुने यो शोमाथि घृणा फैलाएको अभियोगमा यो जरिवाना लगाइएको हो ।

बेलायतको अफिस अफ कम्युनिकेसनले मंगलबार रिपब्लिक भारतको शो ‘पुछता है भारत’को ६ सेप्टेम्बर २०१९ मा प्रसारण भएको भागलाई लिएर कारवाही गरेको हो । यो भागमा पाकिस्तानीहरुमाथि प्रयोग गरिएको भाषालाई ‘आपत्तिजनक भाषा’, ‘अभद्र भाषा’ र ‘व्यक्ति, समूह धर्म वा समुदायप्ति अपमानजनक भाषा’ ठकर गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.