प्रियंका गान्धी पक्राउ

डिसी नेपाल
९ पुष २०७७ १२:०५
280
Shares

काठमाडौं। भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ परेकी छिन् । प्रियंकासहित कैयौं कांग्रेस नेताहरुलाई पुलिसले हिरासतमा लिएको समाचार एजेन्सी एएनआइले जनाएको छ । कैयौं दिनदेखि कृषि कानुनको विरोधमा सडक आन्दोलन गरिरहेका किसानको समर्थनमा कांग्रेसले आयोजना गरेको जुलुसबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रियंका गान्धीसहित कांग्रेस नेताहरुको नेतृत्वमा जुलुस राष्ट्रपति भवनतर्फ जाँदै थियो । उनीहरुले २ करोड जनाको हस्ताक्षर भएको ज्ञापन पत्र लिएर राष्ट्रपतिकहाँ जाँदै थिए । उनीहरुले २ करोड हस्ताक्षरसहितको ज्ञापन पत्रमा राष्ट्रपतिलाई कृषि कानुनका विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.