७० प्रतिशत बढी खतरा भनिएको बेलायती कोरोनाभन्दा दक्षिण अफ्रिकी कोरोना झन् खतरा

डिसी नेपाल
९ पुष २०७७ १२:१८
876
Shares

काठमाडौं। बेलायतले बुधबार दक्षिण अफ्रिकाबाट आफ्नो देशमा आउने उडानमा कडाइ लागू गरेको छ । बेलायतमा फैलिएको कोरोनाभाइरसको नयाँ स्ट्रेन यसअघिको स्ट्रेनभन्दा ७० प्रतिशत बढी संक्रमक भएको भन्दै कैयौं देशले बेलायतबाट आउने उडानमा प्रतिबन्ध लगाएका बेला बेलायतले एक्कासी दक्षिण अफ्रिकाबाट आउने उडानमा कडाइ गरेको हो । बेलायती स्वासथ्य मन्त्री म्याट हेन्ककका अनुसार दक्षिण अफ्रिकामा फैलिएको नयाँ स्ट्रेनको भाइरसबाट संक्रमित २ केस बेलायतमा भेटिएपछि यो प्रतिबन्ध तत्काल लागू हुने गरी लगाइएको हो ।

‘यो नयाँ प्रजाति निकै चिन्ता बढाउने खालको छ किनकि यो झनै छिटो फैलिने खालको छ र यो बेलायतमा हालै भेटिएको नयाँ स्ट्रेनभन्दा अझै म्युटेट भएको जस्तो देखिन्छ’ हेन्ककले समाचार एजेन्सी एएफपीसँग भने । हेन्ककका अनुसार दक्षिण अफ्रिकामा उत्पत्ति भएको स्ट्रेनको भाइरसबाट संक्रमित सबैलाई क्वारेन्टाइनमा राखिएको छ । हेन्ककले पछिल्लो २ हप्तामा दक्षिण अफ्रिकामा रहेकाहरु र उनीहरुको सम्पर्कमा रहेकालाई क्वारेन्टाइन बस्न भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.