पूर्व मिस वर्ल्डलाई बसले ठक्कर दियो, ६ दिनसम्म कोमामा रहेपछि मृत्यु

डिसी नेपाल
९ पुष २०७७ १३:२२
5.3k
Shares

काठमाडौं। पूर्व मिस वर्ल्ड नोर्मा कापेग्लीको दर्दनाक दुर्घटनामा मृत्यु भएको छ । १७ डिसेम्बरका दिन घरनजिकै हिँडिरहेकी उनलाई पछाडिबाट एक बसले ठक्कर दिएको थियो । नोर्मालाई निकै चोट लागेको थियो । टाउकोमा गम्भीर चोटका कारण उनी कोमामा पुगिन् । ६ दिनसम्म जीवन र मृत्युसँग संघर्ष गरेपछि अन्ततः उनको मृत्यु भएको छ । अर्जेन्टिनाकी नोर्मा ८१ वर्षकी थिइन् ।

नोर्माले सन् १९६० मा लण्डनमा आयोजित मिस वर्ल्डको उपाधि जितेकी थिइन् । उनी मिस वर्ल्डको उपाधि जित्ने पहिलो अर्जेन्टिनी थिइन् । नोर्मा त्यतिबेला २१ वर्षकी थिइन् । यसपछि उनले अरमानी, डियोर जस्ता प्रतिष्ठित ब्राण्डको लागि मोडलिङ गरिन् । मिस वर्ल्डको उपाधि जितेपछि नोर्माले ५ सय पाउण्ड र एउटा स्पोर्टस कार पुरस्कार पाएकी थिइन् । यद्यपि केही समय पहिले उनले इन्फोबेसँग कुरा गर्दै आफूले नगद पुरस्कार पाएको भए पनि कार नपाएको बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.