बिना मास्क नाइट क्लवमा जान नपाएपछि एके–४७ निकालेर अन्धाधुन्ध फायरिङ

डिसी नेपाल
९ पुष २०७७ १३:५७
15.8k
Shares

काठमाडौं। कोरोनाभाइरसको महामारी चरम स्थितिमा हुँदा पनि मास्क लगाउन नमान्ने मानिसहरुको कमी छैन । मास्क लगाउन नमानेर निकै घातक कदम उठाएको एक घटना अमेरिकामा भएको छ । अमेरिकाको क्यालिफोर्नियामा मास्क नलगाइ एक नाइट क्लवमा छिरेका ३ जनालाई मास्क नलगाएकै कारण क्लवबाट बाहिर निकालियो । यो कुराले ती ३ जना यति रिसाए कि उनीहरुले एके–४७ बन्दूक ल्याए र क्लवमा गोली चलाउन थाले ।

एनबीसी न्यूजका अनुसार उनीहरुको आक्रमणबाट ३ जना घाइते भएका छन् । हेलोविनको रातमा भएको यो घटनापछि पुलिसले तीनै जनालाई पक्राउ गरेको छ । ३४ वर्षका एजर अयाला, २२ वर्षका डेनियल ओकाम्पो र २० वर्षका जुआन जोसेलाई क्यालिफोर्नियाको सहारा थिएटरबाट मास्क नलगाएका कारण निकालिएको थियो । त्यसपछि उनीहरुले बन्दूक ल्याएर गोली चलाउन थालेका थिए । रिपोर्टका अनुसार एजरले एके–४७ बाट १५ राउण्ड फायर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.