पदबाट बाहिरिने बेला ट्रम्पद्वारा सम्धी र सल्लाहकारसहित २६ जनाको सजाय माफी

डिसी नेपाल
९ पुष २०७७ १६:४१
88
Shares

वासिङ्ट । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरु माथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरुमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरका बुबा र ट्रम्पका अति निकट दुई व्यक्ति छन् । अमेरिकी सङ्घीय छानबिनका क्रममा उनिहरुको संलग्नता देखिएको थियो । राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ ।

उन्मुक्ति दिइएका व्यक्तिहरुमा जारेड कुश्नरका बुबा चाल्र्स कुश्नर, ट्रम्पका पूर्व चुनावी व्यवस्थापक पल मानाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन रहेका छन्। उनिहरु तीन व्यक्ति समेत हालसम्म २६ जनालाई ट्रम्पले उन्मुक्ति दिइसकेका छन् ।

ट्रम्पले भ्रष्ट रिपब्लीकन कंग्रेस सदस्यको सजाय माफ गर्नुका साथै सन् २००७ मा बग्दाद घटनामा १४ निर्दोश इराकीको हत्यामा संलग्न सुरक्षा गार्डमाथिको सजाय पनि माफी दिएका छन्।

चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरुसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्प विरुद्ध चौतर्फी आलोचना भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.