एक कोरोना संक्रमितले अर्को कोरोना संक्रमितको हत्या गरे

डिसी नेपाल
९ पुष २०७७ १७:४५
1.4k
Shares

वाशिङ्टन (एजेन्सी)। अमेरिकामा एक कोरोना संक्रमित व्यक्तिले अर्का संक्रमित व्यक्तिको हत्या गरेका छन्। अमेरिकाको क्यालिफोर्नियामा एक ३७ वर्षीय संक्रमित जेस मार्टिनेजले अर्का संक्रमित ८२ वर्षीय बृद्धको हत्या गरेको जनाइएको छ।

बीबीसीका अनुसार मार्टिनेजले वृद्धमाथि अक्सिजन सिलेन्डर प्रहार गरेका थिए। अस्पतालमै यो घटना भएको जनाइएको छ। अक्सिजन सिलेन्डरले हिर्काएपछि ती वृद्धको मृत्यु भएको जनाइएको छ।

मार्टिनेजमाथि हेट क्राइममा मुद्दा चलाइएको बीबीसीले उल्लेख गरेको छ। लसएन्जल्स प्रहरीका अनुसार वृद्ध संक्रमितले जब पूजा शुरु गरे मार्टिनेज अफसेट भए। त्यसपछि उनले अक्सिजन सिलेन्डरले आक्रमण गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.