ठूलो आवाज निकाल्ने ३४२ मोटरसाइकल कारवाहीमा

डिसी नेपाल
९ पुष २०७७ १९:४४
68
Shares

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा ठूलो आवाज निकाल्ने ३४२ मोटरसाइकललाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक महिनाको अवधिमा स्वरुप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकललाई विशेष निगरानी राखेर कारवाही गरेको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले ठूलो आवाज निकाल्ने मोटरसाइकलका कारण दुर्घटना बढ्नुका साथै अनावश्यक रुपमा सर्वसाधारणलाई आतङ्कित तुल्याउने गरेकाले पक्राउ गरेर कारवाही गरिएको जानकारी दिए । ठूलो आवाज निकाल्ने सवारी साधनले ध्वनी प्रदुषणसमेत गर्ने गरेको उनको भनाइ छ ।

महाशाखाले जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाइ गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई उपत्यकाभित्र सञ्चालनमा कडाइ गरेको छ । प्रवक्ता अधिकारीले मोटरसाइकलले ध्वनी प्रदूषण हुने गरी शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने, स्वरुप परिवर्तन गरी चलाउने, लापरवाही ढङ्गले चलाउने, जीकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले कारवाही गरेको बताए ।

ठूलो आवाज निकाल्ने मोटरसाइकल उपत्यकाका जुनसुकै सडकमा गुडिरहेमा ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबैलाई महाशाखाले आग्रह गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.