प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

डिसी नेपाल
१० पुष २०७७ १२:२३
132
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।

सुनुवाइ सुरु हुनेबित्तिकै संवैधानिक इजलासमाथि अधिवक्ताहरुले प्रश्न उठाएका छन् । प्रधानन्यायाधीशले संवैधानिक इजलासमाथि शंका नगर्न अधिवक्ताहरुसँग आग्रह गरेका छन् ।

विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ ओटा रिट परेका छन्। नेकपाका प्रचण्ड माधव पक्षले हालेको रिट समेतलाई सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन गरेको छ ।

संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की,तेजबहादुर केसी र अनिलकुमार सिन्हा छन् । प्रधानन्यायाधीशले वरीयताक्रमअनुसार नराखी बीचबीचबाट न्यायाधीश छानेका हुन्।

अहिले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै परेका मुद्दामा पनि संविधानको धारा ७६को ९७० को व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा पठाएको प्रधानन्यायाधीश चोलेन्द्र राणाको बुधबारको आदेशमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.