क्राइम शो हेरेर बनाए हत्याको सनसनीपूर्ण योजना, आमासँग बिहे गर्न छोराको हत्या

डिसी नेपाल
१० पुष २०७७ १९:३३
4.7k
Shares

काठमाडौं(एजेन्सी)। भारतको दिल्ली प्रहरीले एक १० वर्षीय बालकको अपहरणपछि हत्या मामिलामा सनसनीपूर्ण खुलसा भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार ती हत्याराले ती महिलासँग आफ्नो निकटता बढाउन महिलाका छोराको हत्या गरेका छन्। हत्याराको उद्देश्य ती महिलासँग मित्रता गरे बिहे गर्नु रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार ती हत्याराले बालकलाई हत्या गरेपछि पहिला ईनारमा फालेको र पछि जलाउने असफल प्रयास गरेका थिए। त्यसपछि बालकको शवलाई एक ठूलो ढुंगाको बीचमा लकाुइदिएको र ती बालकको कपडा निकालेर तलाउमा फालेको प्रहरीले बताएको छ।

हत्याराले यो सबै योजना टिभीमा एक क्राइम शो हेरेर बनाएको प्रहरीको दावी छ। यो घटना दिल्लीको सञ्जय कोलनीको हो। २८ नोभेम्बरमा एक महिलाले आफ्नो छोरा हराएको प्रहरीमा रिपोर्ट दिएकी थिइन्। प्रहरीले अनुसन्धान शुर गर्यो। प्रहरीले लामो समयपद्धि २४ डिसेम्बरमा एक तलाउमा निकै सडेको शव फेला पार्यो। सो शव सोही वेपत्ता बालकको भएको पहिचान भएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दियो। जसबाट बिट्टु नाम गरेको व्यक्ति सम्पर्कमा देखा परे।

बिट्टु ती महिलासँग बिहे गर्न चाहेको र उनको बालपानका साथी रहेको पत्ता लगायो। परिवारले नमानेपछि ती महिलाको अन्तै बिहे भयो। तर, जब दुई वर्ष पहिला ती महिलाको डिभोर्स भएपछि माइतमै बस्न थालिन्। बिट्टु र ती महिलाका छोराबीच परिचय भयो। बिट्टुले ती बालकलाई कहिलेकाही घुमाउन पनि लिने गरेको प्रहरीले पत्ता लगायो।

यसपछि प्रहरीले बिट्टुलाई शंकाका आधारमा पक्राउ गरेर सोधपुछ शुरु गर्यो। प्रहरीसँगको सोधपुछम बिट्टुले अपराध स्वीकार गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। समाचारअनुासर बिट्टुले ती महिलासँग बिहेको प्रस्ताव गरेको थियो। तर महिलाले अस्वीकार गरेकी थिइन्। त्यसपछि बिट्टीले छोरो नै आफ्नो बाटोको तगारो रहेको बुझरे हत्यानै गरिदियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.