आज पुष ११ गते शनिबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७७ साल पुष ११ गते, शनिबार । सन् २०२० डिसेम्बर २६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । द्वादशी तिथि। चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मिनेट र सूर्यास्त बेलुकी ५ः१४ मिनेटमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सुखसयलमा समय जानेछ। प्रेममा शंकाले तनाव हुनेछ। मनोरञ्जनमा दिन बित्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अनावस्यक काममा खर्च आउनेछ। स्वास्थ्यमा गडबढ हुनेछ। फाइदा अरुलाइ जानेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) धनको सन्चय बढ्नेछ। लगानीमा फाइदा हुनेछ । पुरानो मित्रको साथ पाईनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी झमेला हट्नेछ। सामाजिक काममा प्रशंसा मिल्नेछ। राजनीतिमा व्यस्तता बढ्नेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अधुरा काम सुचारु हुनेछन्। धर्ममा मन जानेछ। सामाजिक योगदान रहनेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरकारी झमेला आउनेछ। आर्थिक काममा अपजस मिल्नेछ। नया काममा बाधा हुनेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) जिम्मेवारीमा अपगाल आउनेछ। आम्दामीमा अचानक घाटा हुनेछ। शरीरमा विसञ्चो देखिनेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक मेलमिलाप हुनेछ। यात्रामा सास्ती हुनेछ। प्रेममा प्रगति रहनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विरोधीहरु आफ्नो बाटो लाग्नेछन्। स्वास्थ्यमा सुधार हुनेछ। मुद्दामामिला किनारा लाग्नेछन्।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनकार्य अगाडि बढ्नेछ। आम्दानी वृद्धि हुनेछ। सन्तानको सहयोग रहनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) महिलावर्ग संग दुष्मनी बढ्नेछ। ढिला सुस्तीले घाटा हुनेछ। आफन्त विरोधी बन्नेछन्।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइको साथले पुरानो काम टुगिनेछ। छोटो यात्रा हुनेछ। घरायसी अधुरा काम बन्नेछन्।







डिसी नेपाल








Facebook Comment