प्रचण्ड र बामदेवबीच छलफल, बामदेव अझै तटस्थ

डिसी नेपाल
११ पुष २०७७ ११:११
632
Shares

काठमाडौं। प्रचण्ड–नेपाल समूह नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल र कतै पनि नखुलेका उपाध्यक्ष बामदेव गौतमबीच भेटवार्ता भएकोछ। प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा प्रचण्ड र नेपालले आफू समूहमा आउन गौतमलाई आग्रह गरेका थिए।

नेकपा दुई समूहमा विभाजित भएपछि गौतम पहिलोपटक खुमलटार गएका हुन्। यसअघि माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ गौतम निवास भैंसेपाटी पुगेर आफूहरुलाई सहयोग गर्न आग्रह गरेका थिए।

तर गौतमले आफू कुनै पनि समूहमा नलाग्ने भन्दै तटस्थ बस्दै आएका छन्। शनिबारको भेटमा पनि गौतमले आफू कुनै पनि समूहमा नलाग्ने अडान लिएको गौतम निकट स्रोतले जनाएको छ।

शनिबार नौ बजे खुमलटार प्रवेश गरेका गौतम सवा दश बजे निस्किएका थिए। गौतमले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको भन्दै जबज पक्षधरलाई एकताबद्ध बनाउने बताउँदै आएका छन्।

गौतमलाई नवौं महाधिवेशनसम्म साथ दिँदै आएका किरण गुरुङ, रघुवीर महासेठ, गणेश ठगुन्ना, लालवहादुर थापा, पद्मा अर्याल, भुपेन्द्र थापालगायतका नेताहरु भने अ‍ोलीतिर लागेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.