बियरको नशामा नेहासँग बिहेको प्रस्ताव गरेका थिए रोहनप्रीतले

डिसी नेपाल
११ पुष २०७७ १८:२१
2.9k
Shares

काठमाडौं। बलिउड गायिका नेहा कक्कडले पञ्जावी अभिनेता रोहनप्रीत सिंहसँग प्रेमपछि बिहे गरिन्। यी दुबैको पहिलो भेट एक गीतको शूटिंगका क्रममा भएको थियो। पहिलो दिन नै रोहनप्रीतले नेहाको स्न्यापच्याट आईडी मागेका थिए।

त्यसपछि दुबैबीच कुरा हुन थाल्यो। तर, नेहाले शुरमै बिहे गर्ने भएमात्र भनिदिइन्। उमेर मात्र २५ का रोहनप्रीतले बिहेका लागि उमेर नभएको बताए। यसपछि दुबैबीच कुराकानी हुन बन्द भयो। तर, एक दिन एक्कासी रोहनले नेहालाई फोन गरेर ‘म तिमिबिना बाँच्न सक्दिन, बिहे गरौं’ भने। यो खुलासा नेहा आफैले द कपिल शर्मा शोमा गरेकी हुन्।

नेहाले त्यसपछि नशामा होकी भनेर समेत सोधेकी थिइन्। त्यसको भोलिपल्ट रोहनप्रीत चन्डीगढमा एक होटलमा नेहालाई भेट्न पुगे। र नेहालाई सोधे, ‘हिजो रातिको कुरा याद छ ?’ नेहाले जवाफ दिइन्, ‘बियर तिमिले खाएका थियौं। मैले किन विर्सनु ?’ यसपछि नेहालाई लाग्यो रोहनप्रीत बिहेका लागि गम्भीर छन्।

त्यसपछि नेहाले सोही होटलमै आफ्नी आमा र रोहनको भेट गराइन्। त्यसपछि दुबै परिवार बिहेका लागि तयार भए। अनि यो जोडी बिहे बन्धनमा बाँधियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.