प्रदेश फुटबल लिग माघ महिनादेखि

डिसी नेपाल
११ पुष २०७७ २०:५६
24
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रदेश लिग आगामी माघ महिनादेखि सुरु गर्ने निर्णय गरेको छ । प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशमा उक्त प्रतियोगिता हुनेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार प्रदेशका प्रतिनिधिहरुसँग भएको एन्फा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो । प्रदेशका प्रतिनिधिहरुले एक साताभित्र लिगको प्रस्ताब एन्फालाई पठाउनेछ । एन्फा उपाध्यक्ष बिरबहादुर खड्का, महासचिब इन्द्रमान तुलाधर, प्रतियोगिता निर्देशक सञ्जीब मिश्र तथा प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका एन्फा प्रतिनिधिहरुको बैठकमा उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.