आज पुष १२ गते आइतबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१२ पुष २०७७ ६:४४
432
Shares

आज वि.सं.२०७७ साल पुष १२ गते, आईतबार । सन् २०२० डिसेम्बर २७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । त्रयोदशी तिथि । चन्द्रमा बृष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ र सूर्यास्त बेलुकी ५ः१५ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बाेलीबचनले काम बन्नेछ। धन लाभको योग पर्नेछ। पुरानो कारोबारको धन लाभ हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्यमा प्रगति हुनेछ। पुरानो मित्र संग हर्षोल्लासमा रमाइनेछ । संचित धन सकिनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) यात्रामा धन हराउन सक्नेछ। काममा क्षति वेहोर्नु पर्नेछ। साथीसँग रमाइलो मिल्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुरानो काममा लाभ पाइनेछ। व्यापारमा प्रगति हुनेछ। कृषिकर्म वाट फाइदा हुनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथीभाइमा चर्चा मिल्नेछ। रोजगारी पदमा उन्नति हुनेछ। राजनीतिमा साथ मिल्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) धर्म कर्म परोपकारमा समय जानेछ।  फाइदा अरुले पाउनेछन्। अड्एिको काम सुचारु हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारको काम बीचमा रोकिनेछ। विरोधीले मौका पाउनेछन्। स्वास्थ्यमा समस्या आउनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पारिवारिक रमाइलोमा दिन बित्नेछ। प्रेम र दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। यात्रामा खर्च वढी हुनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा सुधार आउनेछ। वादविवाद साम्य हुनेछ। सजिसजावटको काममा खर्च हुनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विद्यामा प्रगति हुनेछ। सन्तति सुख बढ्नेछ। धनको आगमन हुनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) धनको अशान्तिले पिर्नेछ। चिसोले विसन्चो बढ्नेछ। परिवारमा विवाद आउनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइको सहयोेग मिल्नेछ। नयाँ काममा पराक्रम बढ्नेछ। पुरानो जिम्मेवारी सामना गर्नु पर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.