जापानमा ठूलो ज्वालामुखी विष्फोट

डिसी नेपाल
१३ पुष २०७७ १०:१२
340
Shares

टोकियो। प्राकृतिक बिपत्ति निम्तिरहने देशमा एक अर्गस्थानमा आउने जापानको खागोशिमामा फेरि एउटा ठूलो ज्वालामुखी बिस्फोट भएको छ। जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको हो। जापान मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा भएको हो।

एजेन्सीले ज्वालामुखी विस्फोटको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको जनाएको छ। स्थानीय समाचारहरुले एजेन्सीका अधिकारीलाई उद्धृत गर्दै प्रकाशित गरेका समाचारअनुसार विस्फोटबाट ज्वालामुखीमा जलेका ठूला चट्टानहरु करिव दुई किलोमिटर टाढासम्म पुगेका थिए।

उक्त टापुमा आवासीय क्षेत्र ज्वालामुखी विस्फोट भएको स्थानभन्दा चार किलोमिटरमात्र टाढा रहेको छ। स्थानीय अधिकारीहरूका अनुसार डिसेम्बर १ तारिखमा उक्त टापुमा ८१ जना बासिन्दा रहेका थिए । त्यहांको अवस्थाबारे थप विवरण आउन बांकी रहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

मौसम एजेन्सीका अधिकारीहरुले ज्वालामुखी विस्फोट भएको स्थानको करिब २ किलोमिटर भित्र क्षेत्रमा ठूला चट्टानहरू खस्ने सम्भावना रहेकाले सचेत रहन चेतावनी जारी गरेका छन्। मानिसहरूलाई ज्वालामुखीको खरानी र हावामा उडाएर लैजाने साना चट्टानहरूबाट जोगिन सावधानी अपनाउन समेत आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.