स्वीट्जरल्याण्डको क्वारेन्टिनबाट भागे सयाैँ बेलायती पर्यटक

डिसी नेपाल
१३ पुष २०७७ १२:२०
84
Shares

काठमाडौं । स्वीट्जरल्याण्डको क्वारेन्टिनमा बसेका बेलायती पर्यटकहरु भागेका छन् । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएसँगै उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो । स्वीट्जरल्याण्डको भरबिरस्थित एक स्की रिसोर्टमा रहेका उनीहरु भागेका अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उनीहरुमध्ये केही भागेर छिमेकी देश फ्रन्स पसको हुनसक्ने बताइएको छ ।

भरबिर गाउँ ब्रिटिश पर्यटकको लागि स्की गन्तव्यको रुपमा चिनिने गर्छ । त्यहाँका प्रवक्ताका अनुसार ४२० जना पर्यटकलाई क्वारेन्टिनमा राख्न आदेश दिइएको थियो । तर तिमध्ये ५० जना तत्कालै भागेका थिए । आइतबारसम्म त्यहाँ ३७० भन्दा कम पर्यटकमात्र रहेको उनले बताए । भागेकामध्ये केही व्यक्तिहरु फ्रान्समा देखापरेका थिए ।

उनका अनुसार उनीहरुमध्ये धेरै मात्र एक दिन क्वारेन्टिनमा बसेका थिए । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएसँगै धेरै देशहरुले सतर्कता अपनाइरहेका छन् । केही देशहरुले बेलायतसँग हवाईसेवामा प्रतिबन्ध लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.