कोरोना भाइरसबारे वुहानबाट रिपोर्ट गर्ने महिलालई चीनमा ४ वर्षको जेल

डिसी नेपाल
१३ पुष २०७७ १९:१३
320
Shares

बेइजिङ (एजेन्सी)। चीनको वुहानमा कोरोना भाइरसबारे रिपोर्टिंग गर्ने एक चिनियाँ महिलालाई ४ वर्षको जेल सजाय दिइएको छ। चीनको सांघाइस्थित अदालतले ज्यांग जान नाम गरेकी ती स्वतन्त्र पत्रकारलाई जेल सजाय दिएको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार जानले कोरोना भाइरसको पहिलो केस भेटिएको चीनको वुहान पुगेर सामाजिक सञ्जालहरुमा कोरोना भाइरसबारे रिपोर्टिंंग गरेकी थिइन्। त्यसपछि उनलाई चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

उनलाई ‘झगडा गरेको’ आरोपमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएको हो। चीनको सरकारी नीतिको विरोध गर्नेहरुमाथि यही आरोप लगाउने गरिन्छ।

आफूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि ती महिलाले आमरण अनशन शुरु गरेकी थिइन्। हाल उनी अनशनमै रहेको जनाइएको छ। अनशनका कारण उनको स्वास्थ्य अवस्था निकै नाजुक रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले जनाएका छन्।

गत वर्षको फेब्रुअरीमा जानले वुहान पुगेर कोरोना भाइरसबारे रिपोर्टिंग गरेकी थिइन्। उनले सामाजिक सञ्जालहरुमा लाईभ स्ट्रमिंग गरेकी थिइन्। ती लाइभहरु भाइरल बनेपछि उनी चिनियाँ अधिकारीको नजरमा परेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.