ईयू सदस्य राष्ट्र ब्रेक्जिट व्यापार सम्झौताप्रति सकारात्मक

डिसी नेपाल
१३ पुष २०७७ २१:०५
28
Shares

ब्रसेल्स (एएफपी)। यूरोपेली संघ (ईयू) सबै २७ सदस्य राष्ट्रले जनवरी १ देखि ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई आगामी जनवरी १ देखि लागू गर्ने विषयमा सकारात्मक सङ्केत मिलेकोे इयूका प्रवक्ताले सोमबार बताएका छन्।

ईयूको राजधानी ब्रसेल्समा रहेका सम्बन्धित मुलुकका राजदूतहरूले सम्झौतालाई सहमति दिएका र प्रक्रिया पूरा गरी उक्त सम्झौतालाई कार्यान्वयनमा लान सकारात्मक सङ्केत दिएका छन्।

यसले बेलायतको ईयूबाट भएको बहिर्गमनपछि ईयूको एकल बजार नीति बेलायतका लागि बाध्यकारी हुने छैन तर अस्थायी रूपमा कररहित व्यापारका लागि कुनै अवरोध नरहने गरी मार्ग प्रशस्त गर्नेछ।

जर्मनीका तर्फबाट ईयू प्रमुखका प्रवक्ता सोबास्टियन फिस्चरले भने, “ईयू–बेलायत ब्यापार तथा सहकार्य सम्झौतालाई अस्थायी प्रयोजनका लागि ईयूका लागि विभिन्न मुलुकका राजदूतहरूको बैठकले सर्वसम्मतरूपमा अनुमोदन गरेको छ।”

सदस्य राष्ट्रहरूले योजना स्वीकृत गर्दा बेलायत र ईयू सदस्य राष्ट्रहरूबीच क्रस–च्यानल व्यापारको अवरोध रोक्न यो समयमै प्रभावकारी हुन अनुमति दिनेछ। यद्यपि सम्झौतालाई अझै पनि यूरोपेली संसदले पूर्वपक्षीयरूपमा अनुमोदन गर्नुपर्नेछ र सम्भवतः यो आगामी फेब्रुअरीको अन्त्यमा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.