बिहे वर्षगाँठमा जसले श्रीमतीलाई चन्द्रमाको तीन एकड जमिन उपहार दिए

डिसी नेपाल
१३ पुष २०७७ २२:४५
868
Shares

काठमाडौं (एजेन्सी)। उपहारका रुपमा चन्द्रामाको जमिन। त्यो पनि विशेष दिनमा विशेष मानिसले। जीवनको विशेष दिनमा आफ्नो जीवनकै विशेष मानिसले दिने सप्रराइज उपहार सबैलाई विशेष लाग्छ। अझ असम्भव जस्तै लाग्ने चिज उपहार पाएपछि खुशीको कुनै सिमाना रहँदैन।

भारतको अजमेरकी एक महिला यस्तै भाग्यमानी ठहरिन्। उनका श्रीमानले बिहेको वर्षगाँठमा एक असम्भव जस्तै लाग्ने उपहार दियो, त्यो पनि सप्रराइज। अजमेरका विजनेशम्यान धर्मेन्द्र अनीजाले आफ्नी श्रीमती सपना अनीजालाई ८ औं बिहे वर्षगाँठका अवसरमा चन्द्रमाको तीन एकड जमिन उपहार दिएका हुन्।

चन्द्रामाको जमिन उपहार दिएको विषयले अहिले अजमेरमामात्र नभएर पूरा भारतमा चर्चाको विषय बनेको छ। यो विषयमा बीबीसी हिन्दीले एक लामो न्यूजस्टोरी नै प्रकाशित गरेको छ।

बीबीसीका अनुसार श्रीमतीलाई सप्रराइज उपहार दिन उनले एक वर्षको प्रयासमा चन्द्रामामा जमिन किनेका हुन्। उनले एक अमेरिकी कम्पनी लुना सोसाइटी इन्टरनेशनलमार्फत चन्द्रमामा जमिन किनेका हुन्।

उनले श्रीमती सपनाको नाममा चन्द्रमाको १४.३ नर्थ लैटीट्यूड ५.६ ईस्ट लंगीट्यूड, लेक्ट २० पार्सल्स ३७७, ३७८ र ३७९ मा चीन एकड जमिन खरिद गरेका छन्। जमिन खरिद गर्नका लागि सबै प्रक्रिया पूरा गर्न एक वर्ष लागेको उनले बताएका छन्। समाचार अनुसार चन्द्रमामा उनले किनको जमिनमा कुनै शोध गरिए उनले रोयल्टी पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.