भुक्तानी माग्न आएका उखु किसानको काठमाडौंमा मृत्यु
माइतिघरमा उखुकाे भुक्तानि माग्न आन्दाेलनरत उखुकिसानहरू
काठमाडौं। आफ्नो वर्षभरी लगाएर गरेकाे उखुकाे भुक्तानी माग्न आएका उखु किसान घर फर्किन पाएनन्। रोतहट जिल्ला धनकौल गाउँपालिका छोटौलका नारायण राय यादवले काठमाडौं स्थित गंगालाल हृदयरोग अस्पतालमा ज्यान गुमाएका छन्।
सोमबार कृषिमन्त्री पदमा अर्यालले किसान सँग वार्ता गरिन, आज घर फर्काउन मन्त्रालयमा विदाइ कार्यक्रम समेत राखेकी थिइन्। उनी घर फर्केर जानुभन्दा पहिलै संसार छोडेर गएका छन।
किसान आन्दोलनमा लागेका अर्का किसान अनुसार उनी वार्ताबाट असन्तुष्ट थिए। उनलार्य ब्रेन ह्याम्ब्रेज भएको थियो। उनी हिजो नै गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए। उनको मंगलबार निधन भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment