रजनीकांतले पाए भगवानबाट सन्देश, पार्टी नखोल्ने
काठमाडौं। चर्चित बलिउड सुपरस्टार अभिनेता रजनीकांतले राजनीतिमा प्रवेश नगर्ने घोषणा गरेका छन्।
मंगलबार सामाजीक सञ्जाल ट्वीटरमार्फत अभिनेता रजनीकांतले आफ्नो स्वास्थ्यका कारण राजनीतिमा प्रवेश नगर्ने बताएका हुन्। तर, उनले आफु समाज सेवामा भने निरन्तर लागि रहने बताएका छन्।
औपचारिक रुपमा पार्टी खोल्ने घोषणा गरेका उनले नोभेम्बर ३१ मा नयाँ पार्टीको घोषणा गर्ने अनुमान गरिएको थियो।
उनले आफ्नो ट्वीटरमा पोष्ट गरेको एक स्ट्याटसमा चलचित्र ‘अन्नाथे’को सुटिङका क्रममा भएको घटना र विगत केही दिनदेखि स्वास्थ्यमा आएको खरावीलाई भगवानको सन्देशका रुपमा महशुस गरेको उल्लेख गरेका छन्।
गएको शुक्रवार रजनीकांतलाई ‘ब्लड प्रेशर’ मा उतार चढाव भएको थियो। त्यसपछि लगत्तै उनलाई हैदराबाद स्थित एक अस्पतालमा भर्ना गरिएको थियो। तर, उपचारको क्रममा गम्भिर समस्या नभएको भन्दै उनी आइतबार डिस्चार्ज भएका थिए।
दक्षिण भारतमा रजनीकांतलाई भगवान को रुपमा हेर्ने गरिएको छ।
Actor Rajinikanth says, he will continue to work for people https://t.co/sufKxYejYW pic.twitter.com/p9ab7pPwsD
— ANI (@ANI) December 29, 2020







डिसी नेपाल








Facebook Comment