बार्सिलोना ऐबरसँग बराबरीमा
काठमाडौं । बार्सिलोना ऐबरसँग बराबरीमा रोकिएको छ । ला लिगामा जितका लागि संघर्षरत् ऐबरले बार्सिलोनालाई उसको घरेलु मैदानमा १–१ को बराबरीमा रोकेको हो । घाईते भएका फरवार्ड लियोनल मेस्सीको अनुपस्थितिमा उत्रिएको बार्सिलोनामाथि ऐबरले स्ट्राइकर किके गार्सियाको गोलबाट ५७ औं मिनेटमा १–० को अग्रता लियो । औसमाने डिम्बेलेले दश मिनेटपछि बार्सिलोनाका लागि बराबरी गोल फर्काए । मार्टिन ब्रैथवेटले बार्सिलोनाका लागि गोल गरेर जित हासिल गर्ने उत्कृष्ट अवसर पाएपनि उनको प्रहार गोलको दिशा लिनबाट चुक्यो ।बार्सिलोना बराबरीमा रोकिएपछि ऊ २५ अङ्कसहित छैठौं स्थानमा छ । ऐबर भने रेलिगेशन जोनभन्दा दुई अङ्कमाथि १६ अङ्कसहित १५ औं स्थानमा छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment