मुख्यमन्त्री राईको पद माघ ७ सम्म सुरक्षित, बोलाइयो प्रदेश सभा अधिवेशन
काठमाडौं । यही माघ ७ गतेका लागि प्रदेश नं. १ प्रदेश सभाको सातौँ तथा हिउँदे अधिवेशन बोलाइएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख सोमनाथ अधिकारीले माघ ७ गते अपराह्न २ बजेका लागि अधिवेशन आह्वान गरेका छन्।

प्रदेश सभाको अधिवेशन बोलाएसँगै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईको पद माघ ७ सम्म सुरक्षित हुने देखिएको छ। मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। दुई समूहका विभाजित बनेपछि प्रचण्ड–माधव नेपाल समूह निकट नेताहरुले मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।
राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहका १५ सांसदलाई निलम्बन गरेका छन् । उनीहरुलाई संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको हो । ती सांसदलाई मुख्यमन्त्री राईले आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुका कारणसहित प्रष्टीकरण सोधेका थिए।
माघ ७ पछि मुख्यमन्त्री राईको पद जोगाउनमा काँग्रेसको भूमिका निर्णायक बन्नसक्ने देखिएको छ। मुख्यमन्त्री राईलाई काँग्रेसका २१ सदस्यले साथ दिएमा राईको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिएको छ।







डिसी नेपाल







Facebook Comment