दिनानाथ शर्माले राष्ट्रिय सभामा उठाए नेकपा विभाजनको विषय

डिसी नेपाल
१७ पुष २०७७ १६:४३
212
Shares

काठमाडौं। राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबार शुरु भएको छ। हिँउदे अधिवेशनको पहिलो बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरुले आ आफ्नो भनाइ राखिरहेका छन्। दिउँसो ४ बजे शुरु भएको बैठकमा दलकातर्फबाट सबैभन्दा पहिला नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले बोले।

उनले सभामा सत्तारुढ दल विभाजनको विषयसमेत उठाएका छन्। उनले नेकपा विभाजन भइसकेको भन्दै यो विभाजन कुनै राजनीतिक सिद्धान्तका कारण नभएको टिप्पणी गरेका छन्। उनले नेताहरुबीचको किचलोले सत्तारुढ दल विभाजन भएको बताए।

शर्मा विभाजित नेकपाको प्रचण्ड–माधव समूहमा छन्। राष्ट्रिय सभाको पहिलो बैठकमै नेकपा विभानको विषय उठेकाले अब राष्ट्रिय सभामा नेकपाको भूमिका कस्तो हुन्छ भन्ने संकेत गरेको छ। अब राष्ट्रिय सभामा पनि नेकपा विभाजनको प्रभाव पर्ने देखिएको छ।

बैठकमा शर्माले उखु किसान आन्दोलनका लागि काठमाडौं आएर प्राण त्याग गरेका किसानप्रति समवेदनासमेत प्रकट गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.