संसद् विघटनको मुद्दामा सर्वोच्चलाई सघाउन चयन भयो पाँच सदस्यीय एमिकस क्युरी

डिसी नेपाल
१७ पुष २०७७ २०:५४
300
Shares

काठमाडौं। सर्वोच्च अदालतमा विचाराधीन संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्चलाई सघाउन वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुको पाँच सदस्यीय एमिकस क्युरी झिकाउने आदेश अनुसार एमिकस क्यूरीका लागि पाँचजना चयन भएका छन्।

नेपाल बार एसोसिएशन ३ र सर्वोच्च बार एसोसिएनबाट २ जना गरी पाँच सदस्यीय एमिकस क्युरी टिम चयन गरी सर्वोच्च अदालतमा पठाइसकिएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले एसोसिएशनले बिहीबार र सर्वोच्च बारले शुक्रबार एमिकस क्युरीका लागि अधिवक्ताको चयन गरेको जानकारी दिए।

उनका अनुसार बार एसोसिएशनबाट बद्रीबहादुर कार्की, शतिसकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरिएको छ। यस्तै सर्वोच्च बारबाट खगेन्द्र अधिकारी र पूर्णमान शाक्य सिफारिस भएका छन्।

सरकारले गरेको संसद् विघटनलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर ११ वटा रिटमाथि यही पुस २२ बाट निरन्तर सुनुवाई हुँदैछ। यसअघि पुस १० को सर्वोच्चको संवैधनिक इजलासले संसद् विघटनविरुद्ध कारण देखाउ आदेशसमेत जारी गर्दै एमिकस क्युरी (अदालतको सहयोगी) बोलाउन आदेश दिएको थियो। सोही आदेश अनुसार एमिकस क्युरी चयन गरिएको हो। यहीपुस १९ गतेसम्म सरकारले संसद् विघटनको कारण सर्वोच्चमा पेश गरिसक्नुपर्ने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.