जेमिसनले लिए पाँच विकेट, पाकिस्तान सस्तोमै समेटियो
क्राइस्टचर्च । पाकिस्तान र न्यूजील्यान्डबीच क्राइस्टचर्चमा जारी दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै सम्पूर्ण विकेट गुमाएर २९७ रन बनाएको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको न्यूजील्यान्डका लागि तिब्र गतिका बलर कायले जेमिसनले पाँच विकेट लिएपछि पाकिस्तानी टोली सस्तोमै समेटिएको हो । तर पाकिस्तानका लागि अजहर अलिले ब्याटिङ गर्दै ९३ रन बनाएका थिए ।
पाकिस्तानका अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन् । पाकिस्तानका लागि अबिद अलिले २५, मोहम्मद रिजवानले ६१, फाहिम अस्राफले ३४ रन बनाएका थिए ।
न्यूजील्यान्डका लागि टिम साउदीले २, ट्रेन्ट बोल्टले २ तथा म्याट हेनरीले १ विकेट लिएका थिए । अब दोस्रो दिन सोमबार न्यूजील्यान्डले ब्याटिङ शुरु गर्नेछ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment