जव अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचन आयोगमा फोन गरेर ११७८० भोट मागे

डिसी नेपाल
२० पुष २०७७ ८:३१
132
Shares

काठमाडौं । राष्ट्रपतिको निर्वाचनलाई लिएर विवादमा आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः विवादमा मुछिएका छन्। चुनाव गराउने शिर्ष अधिकारीलाई आफूले जित्ने सक्ने भोट चाहिएको बताएकाे अडियाे  सार्वजनिक भएकाे छ।

उक्त कुराकानीको अडियो वाशिङ्टन पोष्टले सार्वजनिक गरेको हो। ट्रम्पले जार्जिया प्रान्तका निर्वाचन गराउने शिर्ष व्यक्तिलाई फोन गरेर आफूले जित्नसक्ने भोटको व्यवस्था गर्न भनेका थिए।

जवाफमा उक्त अधिकारीले जर्जियाको नतिजा सही रहेको बताएका छन्। रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफेन्सपर्जरसँग राष्टपति ट्रम्पले भने, ‘ बस म ११ हजार ७ सय ८० भोट चाहान्छु। जसरी पनि व्यवस्था गर्नु।’

अमेरिकामा डेमोक्रेटबाट उमेदवारी दिएका जो बाइडेनले राष्ट्रपतिको चुनावमा जर्जिया प्रान्मा जित हासिल गरेका थिए उनले जम्मा ३ सय ६ इलेक्ट्रोरल भोट प्राप्त गरेका थिए। जसमा ट्रम्पलाई २ सय ३२ भोट भिलेको थियो।

चुनाव हारेपछि राष्ट्रपति ट्रमले चुनावमा धाँदली भएको बताउँदै आएका छन्। तर अहिलेसम्म कुनै पनि प्रमाण पेश गर्न भने सकेका छैनन्। अमेरिकाका सबै प्रान्तको मतपरिणाम आइसकेको छ। कुनै कुनै राज्यमा भने पुनः मतगणना समेत भएको थियो।

अमेरिकाको अदालतले जो बाइडेनको जित विरुद्ध परेका ६० भन्दा बढी रिटहरु खारेज गरेको छ। अमेरिकी कांग्रेसले ६ जनवरीमा निर्वाचनको नतिजा स्वीकार गर्ने छ। नव निर्वाचित जो बाइडेन २० जनवरीमा अमेरिकाको राष्ट्रपतिको सफत लिनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.