पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

डिसी नेपाल
२० पुष २०७७ १२:०१
728
Shares

काठमाडौं। पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड–माधव नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएका छन्। सोमबार विहान पत्नी सीताको उपचारका लागि प्रचण्ड भारतको मुम्बई प्रस्थान गरेका हुन्।

सुरूमा प्रचण्डले पत्नीको उपचारमा छोरीहरूलाई मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि जान आग्रह गरेकाले उनी जान लागेको स्रोतले बतायो।

विगत केही केही समयदेखि अस्वस्थ रहेकी सीता दाहाललाई केही दिन अगाडि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधान नदेखिएपछि सीतालाई भारतको मुम्बई लगिएको हो।

प्रचण्ड पत्नी सीता ०७४ साल यता गम्भीर बिरामीका कारण थलिँदै आएकी छन्। उनलाई यसअघि अमेरिका , सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएपनि निको भएको छैन। सीतालाई विरलै देखिने प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको अमेरिकामा पुष्टि गरेको थियो। सो रोग निको नहुने रोग हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.