यी उमेर समूहका व्यक्तिले मात्र पाउने छन् भारतमा बनेको कोरोना विरुद्धको खोप

डिसी नेपाल
२० पुष २०७७ १४:३९
136
Shares

काठमाडौं । भारतमा बनेको कोरोना विरुद्धको खोपले तेस्रो चरण पूरा गरेसँगै कसले पाउने भन्ने विषयमा सोच्नु स्वभाविक नै हो। भारत यतिबेला कोरोना भेक्सीनेसन लागि अन्तिम चरणमा छ।

समाचार अनुसार अहिलेसम्म कोविशिल्ड र कोभ्याक्सीनलाई भारत सरकारले अनुमति दिएको छ। यो अनुमति पाएसँग व्यवहारिक काम सुरु भएको भ्याक्सीन निमार्ता कम्पनीले जनाएको छ।

सरकारले दिएको अनुमतिका अनुसार सीरम इन्स्टिच्युटको कोविसिल्ड १८ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिहरुले पाउने छन भने भारत वायोटेकको कोभ्याक्सीन १२ वर्षभन्दा माथि उमेर भएका व्यक्तिहरुले लगाउन पाउने छन्।

भारत वायोटेकद्वारा उत्पादिन भ्याक्सीनलाई २ देखि ८ डिग्री तापक्रममा राख्नु पर्ने हुन्छ। यसलाई एक पटक दिएपछि २८ दिनको फरक पारेर मात्र अर्को डोज दिनु पर्ने भारतीय संचार माध्यामले जनाएका छन्।

तर, सरकारले देशमा जाने पहिलो भ्याक्सीन भने कोविशील्ड नै हुने बताएको छ। कोविशील्ड जम्मा दुई डोजमात्र दिइने छ । कोविशील्डको भ्याक्सीन पहिलो पटक लगाएपछि अर्को डोजको लागि ४ देखि ६ हप्ता कुर्नु पर्ने हुन्छ। यसलाई पनि २ देखि ८ डिग्री तापक्रममै सुरक्षित गर्न सकिन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.