मार्कस स्टोइनिसले छक्का प्रहार गर्दा स्टेडियमबाट बल पुग्यो घरको छानामा (भिडीयो सहित)
काठमाडौं । अष्ट्रेलियाका क्रिकेट प्रशंसकहरूले यो समयमा डबल मनोरन्जन पाइरहेका छन्। जहाँ एकातिर भारत र अष्ट्रेलियाको बीच रोमाञ्चक टेस्ट श्रृंखला चलिरहेको छ, भने अर्कोतर्फ बिग बास लिग पनि आयोजना भइरहेको छ। यो लिग धेरै आकर्षक मानिन्छ। बीबीएल आईपीएल पछि विश्वको दोस्रो सर्वाधिक चर्चित टी–२० लीग हो बिबिएल। यो लिगमा केही न केही नयाँ भईरहन्छ जसकारण क्रिकेट प्रशंसकहरु यो लिगसँग जोडिएका हुन्छन । यसै क्रममा मार्कस स्टोइनिसको गगनचुम्बी छक्का पनि यस पटकको लिगको एपिसोडमा थपिएको छ।
बिग बास लिग अन्तर्गत आज (सोमवार)को खेल मेलबर्न स्टार्स र होबार्ट हुरीकेन्स बिच खेलाइएको थियो जुन स्टार्सले १० रनले जित्यो। यो खेलमा अलराउन्डर स्टोइनिसले दक्षिण अफ्रीकाका पूर्व कप्तान तथा अफ स्पिनर योहान बोथाको बलमा लेग साईडमा यति लामो छक्का प्रहार गरे कि बल स्टेडियम बाहिर घरको छाना माथि गएर खस्यो। स्टोइनिसले प्रहार गरेको छक्काको यो भिडियो सोशल मीडियामा तिव्र गतिमा भाईरल भईरहेको छ ।
New balls please! Marcus Stoinis just sent his very first delivery into someone’s front yard ?
A @KFCAustralia Bucket Moment | #BBL10 pic.twitter.com/wwJM9JC7pQ
— KFC Big Bash League (@BBL) January 4, 2021







डिसी नेपाल








Facebook Comment