काठमाडाैंकाे टोखामा दम्पतीको शव भेटियो, अनुसन्धान भइरहेको प्रहरीको भनाई

डिसी नेपाल
२५ पुष २०७७ १२:२८
536
Shares

काठमाडौं । काठमाडौंको टोखास्थित ग्रिन भिल्ला कोलोनीमा एक दम्पती मृत फेला परेका छन। शुक्रबार राति सुदीक्षा गिरी र उमेश केसी मृत फेला परेका हुन्। केही समयअघि मात्रै अमेरिकाबाट आएका उनीहरु टोखाको कोलनीमा बस्दै आएका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता डीएसपी प्रमेश विष्टका अनुसार उमेशको शव ग्रिन भिलास्थित आफ्नै कोठाभित्र पल्टिरहेको र उनकी पत्नी सुदीक्षा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

हाल उनीहरु दुवैको शव पोष्टमार्टमका लागि शिक्ष्ण अस्पताल महाराजगन्जमा राखिएको छ। उनीहरु दुवै जना इन्जिनियर भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा सिलौटो फेला परेको छ भने त्यसमा रगत लतपतिएको छ । उमेशको हत्या त्यही सिलौटोले हानेर गरेको हुन सक्ने प्रहरीको अनुमान छ। सुदीक्षाले सिलौटाले हिर्काएर उमेशको हत्या गरेपछि आफू झुन्डिएको हुन सक्ने प्रहरीको अनुमान भएपनि पुष्टि हुन सकेको छैन।

प्रहरीका अनुसार उमेशको शरीरभर निलोडाम र चोटपटक छ। ढाडमा चुप्पीले रोपेको दाग र शरिरभर रगत छ। सुदीक्षाको शवको अवस्था भने घाँटी थिचेर मारेको जस्तो देखिन्छ । उमेश केही दिनपछि नै अमेरिका उड्ने तयारीमा रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.