इण्डोनेसिया विमान दुर्घटनाः समुद्रभित्रबाट निकालिए मानव अंग, विमानका टुक्रा (तस्वीरहरु)
काठमाडौं। इण्डोनेसियाका अधिकारीहरुले बोइङ ७३७ विमान दुर्घटना भएपछि समुद्रमा मानव शरीरका टुक्रा र विमानका टुक्राहरु भेटिएको बताएका छन् । रोयटर्सको रिपोर्टअनुसार दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्सबाट केही संकेत पनि प्राप्त भएका छन् । शनिबार राजधानी जाकार्ताबाट उडेको ४ मिनेटमै राडारसँगको सम्पर्कबाट विच्छेद भएको विमान दुर्घटनाग्रस्त भएको थियो ।
विमानमा ५० जना यात्रु र १२ जना क्रु सदस्य गरी ६२ जना थिए । इण्डोनेसियाको सर्च एण्ड रेस्क्यू एजेन्सी प्रमुख बगुस पुरुहितोका अनुसार २ स्थानबाट संकेत प्राप्त भएका छन् जो विमानको ब्ल्याक बक्सबाट आएको हुन सक्छ । समुद्रमा भेटिर्एका मानव अवशेषको पहिचान प्रमाणित गर्न अस्पताल पठाइएको छ । रिपोर्टका अनुसार विमान २६ वर्ष पुरानो थियो । यसअघि २०१८ को अक्टोबरमा पनि इण्डोनेसियाको लायन एयरको विमान दुर्घटना भएको थियो जसमा १८९ जना मारिएका थिए ।
Photo: AP/AFP














डिसी नेपाल








Facebook Comment