२९९ औं पृथ्वी जयन्ती : कुन नेताले कसरी सम्झिए पृथ्वीनारायण शाहलाई
काठमाडौं । आज पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती । नेपालमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाईँदै छ। तानाशाही राजतन्त्रको पूर्खा भन्दै २०६२/६३को जनआन्दोलनमा पृथ्वीनारायण शाहको शालिकहरु भत्काइयो। २०७१ सालपछि सरकारी तर्फबाट नै पुनः राष्ट्रिय एकतादिवस मनाउन सुरु गरिएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको बताएकी छन्। उनले सन्देशमा आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेकी छन्।
विदेशी नेताहरुको जन्मजयन्तिमा शुभकामना दिन तछाडमछाड गर्ने नेपाली शिर्ष नेताहरुले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आफ्नो कुनै पनि धारणा व्यक्त गरेको पाइँदैन। सामाजिक सञ्जालहरुलाई पछ्याउँदा भेटिएका केही नेता तथा कलाकारहरुले पृथ्वी जयन्तीका दिन दिएका अभिव्यक्तिहरु यहाँ प्रस्तुत गरिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पनि नेपाको एकीकरण गरेका पृथ्वी नारायण शाहको अवमूल्यन कुनै पनि हालतमा गर्न नमिल्ने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्तो उल्लेख गरेका हुन्।
पृथ्वीनारायण शाहले गरेको नेपाल एकिकरणको अवमूल्यन कुनै हालतमा गर्न मिल्दैन।
आज २९९ औं पृथ्वी जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन । pic.twitter.com/c9zryos082— Dr Shekhar Koirala (@Shekharnc) January 11, 2021
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि पृथ्वी जयन्तीको अवसरमा शुभकामना दिएका छन्। उनले आज हुने कार्यक्रममा उपस्थितिका लागि अनुरोध पनि गरेका छन् र भनेका छन, ‘हामीलाई नेपाली नाम, पहिचान र देश दिने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमा सादर श्रदाञ्जलि। राष्ट्रिय एकता, स्वतन्त्रता र अखण्डतालाई सधै अक्षुग्ण राख्न आजको दिनले हामी सबैमा प्रेरणा प्रदान गरोस्।’
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
हामीलाई नेपाली नाम,पहिचान र देश दिने राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहमा सादर श्रद्धाञ्जली
राष्ट्रिय एकता,स्वतन्त्रता र अखण्डतालाई सदैव अक्षुग्ण राख्न आजको दिनले हामी सबैलाई प्रेरणा प्रदान गरोस्।— Kamal Thapa (@KTnepal) January 11, 2021
पूर्व पर्यटनमन्त्री तथा नेकपाका नेता योगेश भट्टराईले पनि राष्ट्रिय एकता दिवसको अवसरमा सबैभा शुभकामना भनेका छन्। उनले नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रदासुमन पनि प्रकट गरेका छन्।
राष्ट्रिय एकता दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना साथै नेपालको एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति हार्दिक श्रद्धासुमन ! pic.twitter.com/IyN4Cm0VdT
— Yogesh Bhattarai (@yogesbhattarai) January 11, 2021
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री रामशरण महतले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘ राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९९औं शुभजन्मजयन्तीको अबसरलाई राष्ट्रीय एकता दिवसको रूपमा मनाउँदै नेपाली ईतिहासका सर्बोच्च ब्यक्तित्व एबं महान शासक प्रति हार्दिक श्रद्धान्जली! मुलुकको सान्ति, संबृद्धी एबं शुसासनको कामना!’
राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९९औं शुभजन्मजयन्तीको अबसरलाई राष्ट्रीय एकता दिवसको रूपमा मनाउँदै नेपाली ईतिहासका सर्बोच्च ब्यक्तित्व एबं महान शासक प्रति हार्दिक श्रद्धान्जली! मुलुकको सान्ति, संबृद्धी एबं शुसासनको कामना!
— Ram Sharan Mahat (@ramsmahat) January 11, 2021
सामाजिक अभियान्ता उज्वल विक्रम थापा सामाजिक सञ्जालमा लेख्छन्, ‘ आफू लाई जन्मदिने पिताको त केवल धन जग्गाजमीन सम्पत्तिमा रमाउने वहाँको मार्गदर्शन र सम्पत्ति आर्जन गर्न गरेको मेहनतको कदर नगर्ने समाजले राष्ट्रपिता पृथ्वीनारायण शाह लाई सम्मान नदिनु कुनै अनौठो कुरा होइन।’
आफू लाई जन्मदिने पिताको त केवल धन जग्गाजमीन सम्पत्तिमा रमाउने वहाँको मार्गदर्शन र सम्पत्ति आर्जन गर्न गरेको मेहनतको कदर नगर्ने समाजले राष्ट्रपिता पृथ्वीनारायण शाह लाई सम्मान नदिनु कुनै अनौठो कुरा होईन।
— Ujjwal Bikram Thapa (@UjjwalBikram) January 11, 2021
अभिनेत्री मनिषा कोइरालाले पुष २७ गते रत्नपार्कको शान्तिबाटिकामा हुने कार्यक्रममा सहभागिहुन आग्रह गरेकी छन् ।
यहि पौष २७ गते ११ बजे रत्नपार्क शान्ति वाटिका जाउ।
२९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोहमा सहभागिता जनाउ।
नेपाली नागरिक हुनुको कर्तव्य निर्वाह गरौ।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह प्रती सम्मान प्रकट गरौ। pic.twitter.com/OhuJRYeY3c— Manisha Koirala (@mkoirala) January 10, 2021
अभिनेत्री रेखा थापाले पछिल्ला शासक हेरेर पृथ्वीनारायण शाहको अवमूलयन गर्न नहुने बताएकी छन्। उनले लेखेकी छन्, ‘हामी जुन आकारको देशको नागरिक छौं त्यसको जग पृथ्वीनारायण शाहले बसालेका हुन्। त्यतिबेलाको प्रविधि, सेना र राज्यकोष हे¥यो भने त्यो सपना सानो थिएन। आधुनिक नेपालका निर्माताको सम्मानमा ह्याप्पी पृथ्वी जयन्ति।’
हामी आज जुन आकारको देशका नागरिक छौ, त्यसको जग पृथ्वीनारायण शाहले शिलान्यास गरेका हुन ।त्यती बेलाको प्रबिधी,सेना,राज्यकोष हेर्यो भने त्यो सपना सानो थिएन I पछिल्ला शासक हेरेर पृथ्वी नारायण शाहको अवमूल्यन गर्नु हुदैन ।आधुनिक नेपालका निर्माताको सम्मानमा Hpy Prithibi Jayenti ? pic.twitter.com/cJOlOb4eru
— Rekha Thapa (@rekhafilms) January 11, 2021
पत्रकार जीवराम भण्डारीले पृथ्वी जयन्तिका अवसरमा लेखेका छन्, ‘ पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । पहिले मनाईदै आएको यो परम्पराको सान्दर्भिकता अहिले झन अत्यावश्यकीय हुन गएको छ । ओली सरकारले पनि नेपाली स्वतन्त्र नागरिक र सेनाले झैँ मनाउने हिम्मत गरे ओली माथि धारे हात लाएर सराप्नेहरुको निद्रा हराउने थियो सल्लाह दिए हुनेनी ?’
पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । पहिले मनाईदै अाएको यो परम्पराको सान्दर्भिकता अहिले झन अत्यावश्यकीय हुन गएको छ । अोली सरकारले पनि नेपाली स्वतन्त्र नागरिक र सेनाले झैँ मनाउने हिम्मत गरे अोली माथि धारे हात लाएर सराप्नेहरुको निद्रा हराउने थियो सल्लाह दिए हुनेनी ?
— @jibram bhandari (@jibrambhandari) January 10, 2021
डा. भिमार्जुन आचार्यले ट्वीटरमा लेखेका छन्, ‘ आधा सयजति राज्यलाई एकिकरण गरी पृथ्वीनारायणले नेपालराज्यको निर्माण गरेका हुन।उनले निर्माण गरेको राज्यमा मन्त्री -प्रधानमन्त्री भएका कतिपयले उनको मानमर्दन गरे पनि एउटा सच्चा नेपालीका लागि उनी सधैंअमर छन।पृथ्वीजयन्तीको उपलक्ष्यमा हामीलाई कसैले लडाउन र फुटाउन नसकोस् भन्ने कामना गर्दछु।’
आधा सयजति राज्यलाई एकिकरण गरी पृथ्वीनारायणले नेपालराज्यको निर्माण गरेका हुन।उनले निर्माण गरेको राज्यमा मन्त्री-प्रधानमन्त्री भएका कतिपयले उनको मानमर्दन गरे पनि एउटा सच्चा नेपालीका लागि उनी सधैंअमर छन।पृथ्वीजयन्तीको उपलक्ष्यमा हामीलाई कसैले लडाउन र फुटाउन नसकोस् भन्ने कामनागर्दछु।
— Bhimarjun Acharya (@BhimarjunPhD) January 10, 2021







डिसी नेपाल








Facebook Comment