भारतमा भेटियो कोरोनाको दक्षिण अफ्रिकी स्ट्रेन, ३ किसिमका एन्टिबडीले असर नगर्ने

डिसी नेपाल
२७ पुष २०७७ ११:०४
204
Shares

काठमाडौं। आफ्नो स्वरुप परिवर्तन गरेर निकै खतरनाक बनेको कोरोनाभाइरसको दक्षिण अफ्रिकी स्ट्रेन भारतमा भेटिएको छ । स्वरुप परिवर्तन अर्थात म्युटेशनका कारण यो स्ट्रेनमाथि ३ किसिमका एन्टिबडीले असर गर्दैनन् । भाइरसको नयाँ स्ट्रेन मुम्बइमा भेटिएको हो । मुम्बइको खारघरस्थित टाटा मेमोरियल सेन्टरमा ३ जना कोरोना संक्रमित बिरामी भेटिएका छन् । उनीहरुको शरीरमा भेटिएको भाइरसको म्युटेशन दक्षिण अफ्रिकी म्युटेशन जस्तै छ । यहाँसम्म कि मुम्बइमा भेटिएको भाइरसको जीनोम स्ट्रक्चर पनि दक्षिण अफ्रिकी म्युटेशनसँग मिल्छ ।

टाइम्स अफ इण्डियाका अनुसार टाटा मेमोरियल सेन्टरमा हेम्याटोप्याथोलोजीका एसोसिएट प्रोफेसर डा. निखिल पाटकरले मुम्बइमा भेटिएको म्युटेशनको नाम इ४८४के भएको बताएका छन् । डा. पाटकर र उनको टिमले ७०० कोभिड नमूनाहरुमध्येबाट इ४८४के म्युटेशन भएको भेरिएन्ट खोजेका हुन् । यो भेरिएन्टलाई भारतमा पहिलो पटक आइसोलेट गरिएको मानिएको छ । डा. पाटकरका अनुसार यो भेरिएन्ट निकै खतरनाक छ किनकि यसले ३ किसिमका एन्टिबडीहरुलाई झुक्याउन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.