विश्व स्वास्थ्य संगठनले जम्मु कश्मिर र लद्दाखलाई भारतको नक्साबाट टुक्र्याइदियो !

डिसी नेपाल
२७ पुष २०७७ ११:३१
1.1k
Shares

काठमाडौं। विश्व स्वास्थ्य संगठनले विश्वभरी कोरोनाभाइरस संक्रमणको स्थिति देखाउनको लागि आफ्नो आधिकारिक वेबसाइटमा प्रयोग गरेको विश्वको नक्सामा जम्मु कश्मिर र लद्दाखलाई भारतबाट टुक्र्याइदिएपछि अहिले भारतमा हंगामा भएको छ । नक्सामा जम्मु कश्मिर र लद्दाख बाँकी भारतको नक्साभन्दा पूरै फरक रंग पोतिएको छ अर्थात यो क्षेत्रलाई भारतभन्दा अलग रुपमा चित्रण गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले यस्तो त्यो समयमा गरेको छ जतिबेला भारत विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको अध्यक्षता गरिरहेको छ । भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. वर्ष वर्धन अहिले विश्व स्वासथ्य संगठनको कार्यकारी बोर्डका अध्यक्ष हुन् । भारतले एक वर्षअघि जम्मु कश्मिर र लद्दाखलाई केन्द्र शासित प्रदेश घोषणा गरेको थियो । संविधानले यी क्षेत्रलाई विशेषधिकार दिएकोमा त्यो विशेषाधिकार दिने संविधानको धारा खारेज गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.