अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग

डिसी नेपाल
२७ पुष २०७७ २३:४२
2.0k
Shares

वाशिङ्टन (एजेन्सी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सोमबार महाअभियोग लगाइएको छ। कार्यकाल सकिने केही दिनमात्र बाँकी रहेको बेला उनीमाथि महाअभियोग मुद्दा लगाईको हो। ट्रम्प एउटै कार्यकालमा दोस्रोपटक महाअभियोगको मुद्दा व्यहोर्ने अमेरिकी राष्ट्रपति बेनका छन्।

डेमोक्रेटि सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोगको मुद्दा दायर गरेका हुन्। यो प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुने सीएनएनले उल्लेख गरेको छ।

डेमोक्रेट्सहरुले ट्रम्पलाई सत्ताबाटै बर्खास्त गर्ने गरी संशोधनका लागि उपराष्ट्रपति माइक पेन्ससँग आग्रह गरे पनि रिपब्लिकनहरुले यसलाई अस्वीकार गरेका थिए।

महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ। यसमा ट्रम्पले जर्जियाका मन्त्रीलाई आफूलाई जित्न पर्याप्त मत व्यवस्था गर्न गरेको फोन कलबारे पनि उल्लेख छ।

क्यापिटल हिलमा जो बाइडेनको जितलाई औपचारिकता दिन संसद बैठक चलिरहेका बेला ट्रम्पका समर्थकले आक्रमण गरेका थिए। जुन घटनामा ५ जनाको मृत्यु भएको छ। क्यापिटल हिलमाथि भएको आक्रमणले अमेरिकाको विश्वमै नकरात्मक छवी बनेको छ। ट्रम्पले चुनाव हारे पनि आफूले जितेको भन्दै भ्रम फैलाएपछि दक्षिणपन्थीहरु समर्थकहरुले क्यापिटल हिलमा आक्रमण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.