के भारतीय खोप उत्पादकहरूले कोभिड-१९ खोपको माग पूरा गर्न सक्लान्?
बीबीसी । विश्वको ६० प्रतिशत खोप उत्पादन गर्ने भारत कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा अतिप्रभावित देशमा अमेरिकापछि दोस्रो स्थानमा छ।
ठूलो उत्पादक भएकाले भारतले आफूलाई आवश्यक पर्ने खोप मात्र नभई विश्वव्यापी आपूर्तिमा आफ्नो प्रतिबद्धता पनि पूरा गर्नुपर्छ।
अहिले भारतमा दुईवटा खोपलाई अनुमति दिइएको छ। ती खोप कोभिशील्ड (यूकेमा विकास गरिएको अक्सफर्ड–एस्ट्राजेने खोपको स्थानीय नाम) र कोभ्याक्सीन हुन्।
भारतमा परीक्षणमा रहेका अन्य खोप पनि उत्पादन गरिँदैछ।
केही महिनाअघि भारतीय औषधि उत्पादक कम्पनीहरूले उत्पादनलाई तीव्रता दिने खबरहरू आएका थिए।
सबैभन्दा ठूलो उत्पादक सीरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) ले आफूले प्रत्येक महिना छ करोडदेखि सात करोड मात्रा खोप उत्पादन गर्न सक्ने बताएको छ।
भारत बायोटेक कम्पनीले एक वर्षमा २० करोड खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। तर उक्त कम्पनीसँग अहिले दुई करोड मात्रा कोभ्याक्सीन मात्र उपलब्ध छ।
परीक्षणमा रहेका अन्य उत्पादक कम्पनीहरू खोप उत्पादनपछिको आपूर्तिबारे भारतीय अधिकारी र अन्य देशहरूसँग वार्तामा छन्।
तर अहिलेसम्म खोपको मात्राबारे निकै कम जानकारी उपलब्ध छ।
भारत सरकारले भाइरससँग सङ्घर्ष गर्ने प्रारम्भिक योजनाको अङ्गको रूपमा जुलाई महिनाको अन्त्यसम्ममा प्राथमिकताको सूचीमा रहेका ३० करोड मानिसलाई खोप दिने जनाएको छ।
ज्यानुअरी १६ तारिखबाट खोप दिन सुरु गरिनेछ। त्यसमा स्वास्थ्य कार्यकर्ता र अग्रभागमा खटिने मानिसहरूलाई प्राथमिकता दिइनेछ।
सात महिनाभित्र ६० करोड मानिसलाई खोप दिने भारतको लक्ष्य छ।
अहिलेसम्म एसआईआईले पाँच करोड खोप उत्पादनको तयारीमा रहेको जनाएको छ।
कम्पनीले कति मात्रामा निर्यात गर्ने र कति घरेलु प्रयोगको निम्ति राख्ने भन्ने विषयमा अझै काम भइरहेको छ।
भारतको एसआईआई पनि डब्ल्यूएचओद्वारा सहयोग प्राप्त कोभ्याक्स भनिने अन्तर्राष्ट्रिय योजनाको एउटा अङ्ग हो। त्यसअन्तर्गत न्यून र मध्यम आय भएका देशको खोपमा पहुँच स्थापित गर्न उनीहरूलाई सघाउने भनिएको छ।
गत सेप्टेम्बर महिनामा एसआईआईले यो वर्ष उक्त योजनाअन्तर्गत अक्सफर्ड–एस्ट्राजेनेका वा अमेरिकामा विकसित नोभाभ्याक्स खोपको २० करोड मात्रा आपूर्ति गर्ने सहमति जनाएको थियो।
नेपालमा कोभिड खोपको अहिलेको आवश्यकता भारतबाट पूर्ति गराउन पहलु
एसआईआईका प्रमुख कार्यकारी अदार पूनावालाले बीबीसीलाई दिएको जानकारी अनुसार कोभ्याक्स सम्झौताअन्तर्गत थप ९० करोड खोप बढाइने सम्भावना छ।
त्यसपछि एसआईआईले उक्त योजनाअन्तर्गत एक अर्ब खोप आपूर्ति गर्नुपर्ने प्रतिबद्धता हुनेछ।
उक्त कम्पनीले यो वर्षको मार्चबाट प्रत्येक महिना एक करोड खोप उत्पादन गर्ने लक्ष्य राखिएको जनाएको छ।
कोभ्याक्स योजनाबाहेक एसआईआईले अक्सफर्ड(एस्ट्राजेनेका खोप आपूर्ति गर्न अन्य देशहरूसँग व्यावसायिक सम्झौता गरेको छ।
तर एसआईआईका प्रमुख पूनावालाले यो महिनाको सुरुमा निर्यात नगर्ने सर्तमा खोपले अनुमति पाएको बताएपछि त्यसबारे भ्रम उत्पन्न भएको थियो।
प्रारम्भिक रूपमा तीन करोड खोप लिने सम्झौता गरेको बाङ्ग्लादेशले त्यसबारे चिन्ता प्रकट गरेपछि भारत सरकारले निर्यातलाई अनुमति दिन सकिने स्पष्टीकरण दिएको थियो।
विदेश मन्त्रालयका एक अधिकारीले ुविश्वको ठूलो खोप उत्पादकको रूपमा भारत छिमेकी र बाँकी विश्वप्रतिको प्रतिबद्धतामा पूर्ण सचेत रहेकोु बीबीसीलाई बताएका थिए।
अहिले एसआईआईले साउदी अरब, म्यान्मार र मोरक्कोसँग पनि सम्झौता गरेको छ तर त्यसको परिमाण र उपलब्ध गराइने समयबारे स्पष्ट छैन।
नेपाल, ब्रजिल र श्रीलङ्काले पनि भारतमा निर्मित खोप आफ्नो निम्ति सुरक्षित राख्न चाहेको बताइएको छ।
तर एसआईआईको प्राथमिकता अझै पनि घरेलु माग रहेको उल्लेख गर्दै पूनावालाले भने, ूभारतको प्रारम्भिक माग पूरा गरेलगत्तै हामीले छिट्टै अन्य देशहरूमा निर्यात थाल्नेछौँ।







डिसी नेपाल







Facebook Comment