अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गल्फ कोर्समा २०२२ पीजीए आयोजना नगरिने

डिसी नेपाल
२८ पुष २०७७ १०:१२
60
Shares

काठमाडौं। कार्यकालको अन्तिम समयमा सबैतिरबाट घेराबन्दीमा परेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो प्रिय खेल गल्फको संस्थाबाट पनि बहिष्कारमा परेका छन् । यसअघि २०२२ को पीजीए प्रतियोगिता डोनाल्ड ट्रम्पको गल्फ कोर्स बेडमिंस्टरमा हुने तय थियो तर प्रोफेशनल गल्फ एसोसिएसनले यो प्रतियोगिता त्यहाँ नगर्ने निर्णय गरेको द गार्डियनले जनाएको छ ।

सोमबार पीजीएको बोर्ड अफ डाइरेक्टरहरुले मतदानमार्फत प्रतियोगिता आयोजना स्थल परिवर्तन गर्ने निर्णय गरेका हुन् । पीजीएको निर्णयप्रति टिप्पणी गर्दै ट्रम्प एसोसिएसनले यो आफूहरुको सम्झौता विपरित भएको बताएको छ । एसोसिएसनले आफ्नो गल्फ कोर्समा विश्वका सर्वश्रेष्ठ सुविधा दिन जारी राख्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.