मदिरा निषेधित मोदीको गृहनगरमा महिला जँड्याहा दोब्बर बढे, पुरुष जँड्याहा आधा घटे
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा मदिरा प्रतिबबन्धित छ । तर, ‘ड्राइ’ गुजरातमा पछिल्लो ५ वर्षमा यहाँ महिला जँड्याहाको संख्या दोब्बरले बढेको छ । त्यस्तै पुरुष जँड्याहाको संख्या भने आधा कम भएको छ । यो हालै जारी गरिएको राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण २०१९–२० को रिपोर्टमा खुलासा भएको हो ।
टाइम्स अफ इण्डियाका अनुसार गुजरातमा कूल ३३ हजार ३४३ महिला र ५ हजार ३५१ पुरुषहरुको सर्वेक्षण गरिएको थियो । यीमध्ये २ सय महिला (०.६ प्रतिशत) र ३१० पुरुष (५.८ प्रतिशत) ले आफूले मदिरा पिउने बताएका थिए । यसअघि २०१५ मा गरिएको यही सर्वेक्षणमा भने ६८ जना (०.३ प्रतिशत) महिलाहरु र ६६८ जना (११.१ प्रतिशत) पुरुषहरुले आफूले मदिरा पिउने बताएका थिए । त्यतिबेला ६ हजार १८ पुरुष र २२ हजार ९३२ महिलाहरुको सर्वेक्षण गरिएको थियो ।







डिसी नेपाल








Facebook Comment