इण्डोनेशियामा विश्वकै सबैभन्दा पुरानो ‘गुफा पेन्टिङ’ भेटियो

डिसी नेपाल
१ माघ २०७७ १०:४०
84
Shares

काठमाडौं। पुरातत्वविदहरुले इण्डोनेसियामा अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा पुरानो गुफा पेन्टिङ फेला पारेका छन् । यो कला जिउँदोको आकारको जंगली सुँगुरको हो र यो कम्तीमा ४५ हजार ५ सय वर्ष पहिले बनाइएको थियो । बुधबार जर्नन सांन्स एड्भान्सेजमा प्रकाशित यो खोजबारेको रिपोर्टमा यसले त्यस क्षेत्रमा मानव सभ्यताको सबैभन्दा पुरानो अवस्थितिलाई देखाउने बताइएको द गार्डियनको रिपोर्टमा उल्लेख छ ।

शोधपत्रका सह–लेखक अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयका पुरातत्वविद म्याक्सिम अबर्टले एएफपीसँग कुरा गर्दै यो कला आइल्याण्ड अफ सुलावेसीमा २०१७ मा विद्यावारिधी गर्दै गरेका विद्यार्थी बसरान बुरहानमा फेला पारेका हुन् । इण्डोनेसिया सरकारसँग सहकार्यमा सर्वेको काम गर्ने क्रममा यो कला फेला परेको थियो । यो कला लेआङ टोडोङगे गुफाभित्र छ जुन गुफा नजिकको सडकबाट ४ घण्टाको दूरीमा दुर्गम क्षेत्रमा चुनढुंगाले घेरिएको स्थानमा छ ।

यो ठाउँमा सुख्खा मौसममा मात्र पुग्न सकिन्छ । वर्षाको समय यो स्थान बाढीले डुब्छ । त्यस क्षेत्रमा बस्ने आदिवासी बुगिस समुदायका सदस्यहरुका अनुसार बाहिरीहरुले यसलाई यसअघि कहिल्यै देखेका थिएनन् । १३६ सेन्टिमिटर लम्बाइ र ५४ सेन्टिमिटर उचाइ भएको यो चित्र रातो रंगको छ र यो प्रजातिको वयस्क भालेको जस्तो संरचना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.