कोरोनाको उत्पत्तिबारे जाँच गर्न डब्लुएचओको टोली चीन पुग्यो
काठमाडौं। कोरोनाभाइरसको उत्पत्तिबारे जाँच गर्न अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानकर्ताहरु सम्मिलत विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान शहर पुगेको छ । करिब १ वर्षअघि यही शहरमा पहिलो पटक कोरोनाभाइरस भेटिएको थियो । महिनौंसम्मको कूटनैतिक खिचातानीपछि १० सदस्यीय यो टोलीलाई हालै चीन सरकारले वुहानमा अनुसन्धान गर्न अनुमति दिएको थियो ।
विश्व स्वास्थ्य संगठनको टोली स्थानीय समयअनुसार बिहान ११ बजे वुहान पुगेको समाचार एजेन्सी एपीले जनाएको छ । वैज्ञानिकहरुले यो भाइरस चमेरा वा अन्य कुनै जनावरबाट चीनको दक्षिण पूर्वी क्षेत्रमा मानिसमा सरेको हुन सक्ने आशंका गरेका छन् । चीन सरकारमाथि यो महामारी नियन्त्रणमा सुरुवातमै प्रभावकारी काम नगरेको र भाइरस फैलिन दिएको आरोप लागेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment