राष्ट्रिय महिला लिग आजबाट, उद्घाटन खेलमा निःशुल्क प्रवेश

डिसी नेपाल
७ माघ २०७७ ९:२९
52
Shares

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिग आजबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने
महिला लिगको उद्घाटन खेल दशरथ रंगशालामा अपरान्ह २ बजे हुनेछ । एन्फाले निकालेको पहिलो चरणको खेल तालिका अनुसार उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।

पहिलो पटक बृहत रुपमा आयोजना गर्न लागेको महिला लिगको उद्घाटन खेलमा एन्फाले दर्शकलाई नि:शुल्क प्रवेशको सुविधा दिएको छ । उद्घाटनपछिका अन्य खेलहरु भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन् । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोलीको सहभागीता रहेको छ ।

तीन विभागीय टोली (सशस्त्र प्रहरी बल एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब)सहित चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

महिला लिग पहिलो पटक नयाँ ढाँचामा आयोजना हुन् लागेको हो । यस अघिको संस्करणमा हप्दा दिनमा सकिने महिला लिगले पहिलो पटक राउण्ड रोविनको आधारमा हुनेछ ।

यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् । प्रतियोगिताको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८, तेस्रोले ५, तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.