राष्ट्रपति बन्न खोज्दा उपराष्ट्रपति बनेका बाइडेन, ५५ वर्षअघि सासुलाई भनेका थिए ‘राष्ट्रपति बन्छु’
काठमाडौं। जो बाइडेन आज अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् । उनी विश्वकै सबैभन्दा पुरानो लोकतन्त्र अमेरिकाका सबैभन्दा पाका राष्ट्रपति बन्नेछन् । अहिले उनको उमेर ७८ वर्ष २ महिना छ ।
बाइडेन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सके । पहिलो पटक १९८७ मा र दोस्रो पटक २००८ मा बाइडेनले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारीको दावी गरेका थिए । दुवै पटक उनले पार्टीबाट समर्थन जुटाउन सकेनन् ।
२००८ मा राष्ट्रपति बन्ने दावी पेश गरेका बाइडेन राष्ट्रपतिको उम्मेदवार बन्न त पाएनन् तर बाराक ओबामाले उनलाई उपराष्ट्रपति बनाए । बाइडेन ओबामाको दुवै कार्यकालमा उपराष्ट्रपति रहे । बाराक ओबामाले उनलाई अमेरिकी इतिहासकै सबैभन्दा उत्कृष्ट उपराष्ट्रपति भनेका थिए ।
बाइडेनको पहिलो विवाह १९६६ मा भएको थियो । उनकी प्रथम पत्नीको नाम नेलिया थियो । बाइडेनले एक पटक भनेका थिए ‘मेरी हुनेवाली सासुले एक दिन मसँग सोध्नुभयो –काम के गर्छौ ? मेरो जवाफ थियो – एक दिन यो देशको राष्ट्रपति बन्छु ।’ बाइडेन ३६ वर्षसम्म सिनेटर र ८ वर्ष उपराष्ट्रपति रहे ।







डिसी नेपाल







Facebook Comment