ह्वाइट हाउसमा अन्तिम दिन डोनाल्ड ट्रम्पकी छोरीको बिहेको रौनक !

डिसी नेपाल
७ माघ २०७७ १२:१४
1.3k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफानी ट्रम्पले आफूले इंगेजमेन्ट गरेको घोषणा गरेकी छिन् । ह्वाइट हाउसमा अन्तिम दिन बिताइरहँदा टिफानीले मंगलबार इन्स्टाग्राममा पोस्ट गर्दै आफूले माइकल बोलससँग इंगेजमेज्न्ट गरेको बताएकी हुन् । उनको इंगेजमेन्ट ह्वाइट हाउसमै भएको उनले बताएकी छिन् ।

 

View this post on Instagram

 

A post shared by Tiffany Ariana Trump (@tiffanytrump)

मंगलबार ट्रम्प परिवारको ह्वाइट हाउसमा अन्तिम पूर्ण दिन हो । बुधबार दिउँसो १२ बजे जो बाइडेनले राष्ट्रपति पदको शपथ ग्रहण गरेसँगै बाइडेन परिवारले ह्वाइट हाउस प्रवेश गर्नेछ र ट्रम्प परिवार बाहिरिनेछ । आफूले राष्ट्रपति पदको चुनाब हारेको स्वीकार गर्न नमानिरहेका ट्रम्पको ह्वाइट हाउसबाट विदाइ हुने अघिल्लो दिन ह्वाइट हाउस राष्ट्रपतिकी छोरीको बिहेको रौनकले रंगिएको हो ।

टिफानी डोनाल्ड ट्रम्प र उनकी दोस्री पत्नी मार्ला म्यापल्सकी एकमात्र सन्तान हुन् । टिफानीलाई सानोमा मार्लाले क्यालिफोर्नियामा हुर्काएकी थिइन् । टिफानीले २०२० को मे महिनामा जर्जटाउन ल स्कुलबाट ग्रयाजुएशन गरेकी थिइन् । पितासँगै ह्वाइट हाउसमै बस्दै आएकी भएपछि उनी आफ्ना दाजु, दिदीजस्तो चर्चामा थिइनन् । उनी गएको गर्मी महिनामा रिपब्लिकन राष्ट्रिय सम्मेलनमा बोलेपछि उनी राजनैतिक रुपमा चर्चामा आएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *