… अनि जो बाइडेनका आँखाबाट बलिन्द्र धारा आँसु बग्न थाले
काठमाडौं। जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका छन् । उनको शपथ ग्रहणको उत्साहको क्रममा यो कुरा ओझेलमा पर्यो कि शपथ ग्रहणको ठिक अगाडि बाइडेनले आँसु झारेर रोएका थिए । बाइडेनले आफ्नो भावनामाथि नियन्त्रण गर्न सकेनन् र रुन थाले ।
अमेरिकी सत्ताको शिखरमा पुग्ने उनको चाहनाले उनको संघर्षलाई निकै सघन बनाएको थियो । सत्ताको लागि उनको संघर्ष निकै लामो समयसम्म चल्यो । उनले हार मानेनन् र अन्ततः उनी विजयी भए । विजय पनि यस्तो भयो जो ऐतिहासिक रह्यो ।
जो बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिए । देशका प्रधानन्यायाधीश जोन रोबर्टसले उनलाई शपथ ग्रहण गराए । जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचनमा सबैभन्दा धेरै मत पाएर विजयी हुने उम्मेदवार हुन् । यसअघि उनले आफ्नो लामो राजनैतिक करिअरमा २ पटक राष्ट्रपति बन्न प्रयास गरेका थिए तर असफल भए ।
४८ वर्षअघि सन् १९७३ मै अमेरिकी सिनेटर बनिसकेका बाइडेनले पहिलो पटक १९८८ मा राष्ट्रपति बन्ने प्रयास गरेका थिए तर विफल भए । त्यसपछि २००८ मा दोस्रो पटक प्रयास गरे तर त्यतिबेला पनि विफल भए । १९७३ देखि २००८ सम्म आइपुग्दा ३६ वर्षसम्म उनी लगातार अमेरिकाका सिनेटर रहे ।
२००९ मा बाराक ओबामाले उनलाई उपराष्ट्रपति बनाए र त्यसपछि ८ वर्षसम्म उनी उपराष्ट्रपति रहे । बाइडेनले हार मानेनन् । तेस्रो प्रयासमा अन्ततः २०२० मा उनी राष्ट्रपति पदमा विजयी भए । निकै कडा प्रतिस्पर्धामा उनले प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई पराजित गरे ।
बाइडेन शपथ ग्रहण समारोहको लागि वाशिङटन डिसी जानुभन्दा ठिक पहिले आफ्नो कर्मभूमि डेलावेयर पुगे । उनले त्यहाँ आम सर्वसाधारणको बीचमा एक भावुक भाषण दिए । बाइडेन १९७३ देखि २००९ सम्म डेलावेयरबाटै सिनेटर थिए । भाषणका क्रममा उनले आफ्ना भावनामाथि नियन्त्रण गर्न सकेनन् र उनका आँखाबाट आँसु बग्न थाले ।
३४ वर्षअघि नै राष्ट्रपतिको लागि प्रयास गरेका बाइडेनले साढे ३ दशकपछि आफ्नो सपना साकार भएको देख्दा उनी भावुक भएका थिए । विशाल जीतपछि जब उनी आफ्नो गृहनगर पुगे त्यहाँ उनले आफ्ना भावनालाई नियन्त्रण गर्न सकेनन् । उनले आफ्नो जीवनमा डेलावेयरको स्थान सधैं सबैभन्दा माथि र सबैभन्दा फरक हुने बताए । भावुक भएका बाइडेनले आफ्नो मृत्यु हुँदा पनि आफ्नो मनमा डेलावेयरको नाम हुने बताए ।







डिसी नेपाल







Facebook Comment